शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बसुन्धारामा ८८ शैयाको अक्सिजन थेरापी सेन्टर संचालन गर्ने तयारी


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 1.3K
    SHARES

२८ बैशाख, काठमाडौं । कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ । केही दिन भित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टरको मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गर्नुभएको छ । सुविधा सहित तत्काल ८८ शैयाको अक्सिजन थेरापी संचालन गर्न लागिएको हो ।

आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आईसोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

केन्द्रको निरीक्षण पछि सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाएको र सोही अनुसार विरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदान प्रंसम्सनिय भएको बताउनुभयो । उहाँले यो केन्द्र संञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतका सहभागिता थियो । आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)