मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 1.1K
    SHARES
रुपन्देही, ४ जेठ 

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उहाँले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताउनुभएको हो ।

“नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८÷०१÷२६ गते प्रदेशसभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु”, पत्रमा भनिएको छ ।

गत वैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)