शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नुवाकोटमा निषेधाज्ञा १५ दिन थप, थप तीनको निधन


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 709
    SHARES

त्रिशूली, ४ जेठ 
कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको छ । गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले ंजानकारी दिनुभयो ।

कोरोना संक्रमित भएर उपचाररत थप तीन जनाको त्रिशूली अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा उपचाररत सूर्यगढी गाउँपालिका–३ की ३१ वर्षीया र किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया महिलाको उपचारका क्रममा आज निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु दुवैलाई अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यस्तै धादिङ, नीलकण्ठ नगरपालिका–११ का ५५ वर्षीय एक पुरुषको पनि उपचारका क्रममा गए राति निधन भएको छ । निधन भएका नुवाकोटका दुई जना आज थप भएसँगै जिल्लाभित्र कोरोनाका कारण ज्यान गुमाउने १२ र सक्रिय संक्रमित ८२१ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)