बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनतर्फका दुवै नाका खुला, काम गर्नेलाई जाँच गरेर मात्रै आवतजावत गर्न दिने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 743
    SHARES

काठमाडौँ । सरकारले चीनतर्फका दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला गरेको छ । माघ १५ गतेदेखि बन्द चीनतर्फका दुई नाका आजबाट सामान ल्याउन मिल्ने गरी खुला गरिएको हो ।

चीनतर्फका दुई नाका आजबाट खुल्ला भएनी औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिने भन्सार विभागका महानिर्देशक सुमन दाहालले माउण्टेन खबरलाई जानकारी दिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो ।

नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आउने गरेको थियो । यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो । नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)