मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नर्सलाई कोराना देखिएपछि निदान र आरोग्य अस्पतालमा सिल


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 833
    SHARES

काठमाडौं ।

अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुल्चोकमा रहेका निदान अस्पताल र आरोग्य फाउण्डेसन सिल गरिएको छ ।

अस्पतालमा कार्यरत एक कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएपछि बुधबार विहानैबाट सिल गरिएको हो । अस्पताल सिल गरिएपछि कुनै पनि व्यक्तिलाई प्रवेश दिइएको छैन् ।

अस्पतालमा कार्यरत नर्समा मंगलबार कोरोना परीक्षण गरिएपछि पोजेटिभ देखिएको थियो । वैशाख ९ गते इटहरी गएर वैशाख २९ गते इटहरीबाट फर्किएकी ती नर्सको राष्ट्रिय विज्ञान प्रयोशालामा स्वाव परीक्षण गरिएको थियो । २९ गते नै परीक्षणका लागि स्वाव संकलन गरिएपनि रिपोर्ट मंगलबार राति मात्रै आएको थियो । स्वाव दिएर उनी घर पनि गएको बताइएको छ ।

इटहरीबाट आउने क्रममा अस्पताल प्रशासनका एकजना कर्मचारी र एम्बुलेन्स चालकले उनलाई साँगाबाट लिएर आएका थिए । अहिले संक्रमित नर्सलाई लिएर आउने प्रशासनका कर्मचारी र चालक अस्पताल भित्रै रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)