बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेद्वारा कर्णाली बैठक अवरुद्ध


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २८, २०७८
  • 767
    SHARES

२८ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८–०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

एमाले संसदीय दलका नेता गुलाबजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘विधिवत रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो, मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन ।’

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएका कारणले छलफलमा सहभागी बन्न आग्रह गर्नुभएको थियो । त्यसलगत्तै दलका नेता यामलाल कँडेलले आफुहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीहरुको हस्ताक्षर नभएको दाबी गर्दै सच्याउन माग गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)