सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध


  • माउन्टेन खबर
  • बुधबार, असार ३०, २०७८
  • 566
    SHARES

३० असार, कास्की । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद बैठक अवरुद्ध गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।

एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक आधा घण्टालाई स्थगित गर्नुभएको छ। आफूहरूले मुख्यमन्त्रीलाई बुधबार बिहान भेटेर १० बुँदे माग राखेको र त्यो पूरा नभएसम्म संसद बैठक चल्न नदिने अडान एमालेको छ ।

यसअघि २७ र २८ असारमा पनि एमालेले संसद अवरुद्ध गरेको थियो । एमालेले प्रदेश सरकारले रकमान्तर गरेको कारणसहित सम्पूर्ण फेरिस्त दिनुपर्ने माग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)