३० असार, कास्की । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ ।
मुख्यमन्त्रीसँगसँगै अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हाल्नुभएको मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच पनि बजेट प्रस्तुत गर्नुभएको थियो भने बजेट होहल्लाकै बीच बजेट पारित गरिएको छ ।
बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थालेका थिए ।
