सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भेरोसिल खोप लिएर मुख्यमन्त्री पुगे गोरखाको चुमनुब्री


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १, २०७८
  • 712
    SHARES

१ साउन, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो ।

सो गाउँपालिकाका लागि तीन हजार ५०० खोप आवश्यक रहेकामा यसअघि नै ५०० जनाले खोप लगाइसकेका छन् । सो अवसरमा मुख्यमन्त्री नेपालीले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन समेत गरिसकेको जानकारी दिनुभयो ।

सङ्घीय सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लामा पठाइएको र प्राथमिकताका आधारमा उपलब्ध गराउन मुख्यमन्त्री नेपालीले निर्देशन दिइसक्नुभएको छ । भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकामा पठाएर खोप लगाउने गरिएको छ ।

अहिले चुमनुब्री पठाइएको खोप तीन हजारलाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउने जनाइएको छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ । टोलीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा दामोदर रेग्मी हुनुहुन्छ ।

माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत खोप चुमनुब्री पु¥याइएको हो । हेलिकप्टरले पालिकाका सातवटै वडाको केन्द्रमा खोप छाड्ने छ । बर्खायाममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)