बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०७८
  • 623
    SHARES
  • फाइल फोटो

काठमाडौँ, १७ साउन
शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । यसपटक लिग विजेताले रु ७५ लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि विजेताले रु ५० लाख पाउने गरेको थियो ।

यस्तै लिग उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि उपविजेतालाई रु २५ लाख दिइने गरिएको थियो । तेस्रो हुने टोलीले रु २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि रु २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ । लिगको अङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)