बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 333
    SHARES

काठमाडौँ, २५ साउन 
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता भएको छ ।

लुम्बिनी प्रदेशसभाको एमाले संसदीय दलका तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनले बोलाउनुभएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दर्ता गराउनुभएको हो ।

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शङ्कर पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही माग अनुसार प्रदेश प्रमुख शेरचनले यही साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको हो । सरकारसँगको छलफल र सहमति बिना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै अध्यक्ष गिरीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको बताइएको छ ।

यसअघि आइतबार अधिवक्ता प्रवेश केसीले सोही मागमा रिट निवेदन ल्याउँदा सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)