बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराका ४ सय होटल दशैसम्मका लागी बन्द


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ९, २०७७
  • 991
    SHARES

काठमाडौं । कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित भएको होटल क्षेत्रको पुर्नउत्थानका लागि सरकारले कुनै आर्थिक प्याकेज नल्याएको भन्दै व्यवसायीहरुले पोखराका होटलहरु दशैसम्म बन्द गर्ने निर्णय गरेका छन् ।

दशै अगावै लकडाउन खुलेपनि दशैसम्म कुनै पनि होटल सञ्चालन  नगर्ने निर्णय गरिएको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । होटल सञ्चालनका लागि सरकारले बनाएको मापदण्ड बनाउन समय लाग्ने र दशै अघि पर्यटकको आगमनपनि कम हुने उनको भनाई छ । उनले भने ‘पर्यटकीय सिजनमै लकडाउन भएपछि अब वर्षामा  खुलेपनि होटल व्यवसाय नचल्ने भएकाले असोजसम्म बन्द गर्नुपर्ने अवस्था आएको हो ।’

यस अघि नै होटल एसोसिएसन अफ नेपाल(हान) केन्द्रले ६ महिना होटलहरु बन्द गर्ने निर्णय गरिसकेको छ । तर, पोखरा होटल संघले भने दशैसम्मै बन्द गर्ने निर्णय गरेर केन्द्रमा पठाएको छ । क्षेत्रिय होेटल संघ पोखरामा पर्यटकीय स्तर देखी स्टार होटलहरु समेत गरी ४ सय वटा आबद्ध रहेका छन् ।

तर, हान केन्द्रले भने सरकारको बजेटसम्म पर्खन अनुरोध गरिरहेको छ । हानका केन्द्रिय अध्यक्ष सिर्जना राणाले पोखरा सहित विभिन्न ठाउँबाट होटल बन्द गर्ने अवस्था आएको जानकारी आफुले पाएपनि बजेटसम्म पर्खन अनुरोध गरिएको बताइन् । होटल बन्द हुदा आश्रीत हजारौ श्रमिकहरु पनि समस्यामा पर्ने भएकोले सरकारले गम्भिर भएर सोच्न आवश्यक रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)