शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुग्यो


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १०, २०७७
  • 779
    SHARES

शनिबार बाँकेको नरैनापुरमा २७ जनासहित थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ ।

प्रवक्ता देवकोटाले सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दीयामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको बताउनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् । आरडिटी विधिबाट आरडिटी ४ हजार १ सय १९ वटा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा १० हजार १ सय ६९, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ८ र बागमती २१ हजार ७ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिममा १९ हजार ८ सय १७ गरी अहिलेसम्म ८६ हजार २ सय ३५ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ६१, प्रदेश नम्बर २ मा ६ हजार ९ सय १०, बागमती प्रदेशमा ५ सय ३५ र गण्डकी प्रदेशमा ७ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा १ हजार ६ सय ७० र सुदूरपश्चिममा ४ हजार १ सय २ गरी देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)