बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी सैन्य विमानबाट खसेर अफगानिस्तानका फुटलबरको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ४, २०७८
  • 597
    SHARES

४ भदौ, काठमाडौं । अफगानिस्तानका एक युवा फुटलबरको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ। राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका १९ वर्षीय जकी अनवरीको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको हो।

काबुल विमानस्थलमा अमेरिकी सैन्य विमान चढ्ने क्रममा खसेर उनको मृत्यु भएको हो। अफगानिस्तान प्रशासनले विमान चढ्ने क्रममा खसेर उनको मृत्यु भएको पुष्टि गरेको छ। तर उनको मृत्यु कहिले भयो भन्ने जानकारी दिइएको छैन।

अफगानिस्तानको शारीरिक शिक्षा एवं खेल महानिर्देशनालयले फेसबुकमा एक शोक वक्तव्य जारी गर्दै अनवरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। अफगानिस्तानमाथि तालिबानले कब्जा जमाएपछि देश छोडेर जान केही दिन पहिले हजारौँ मानिसहरु काबुल विमानस्थलमा जम्मा भएका थिए।

त्यस क्रममा मानिसहरु विमानमा झुण्डिएका थिए। केहीको खसेर मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)