सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले रात्रिकालीन व्यवसायीको मर्का नबुझेको व्यवसायीको आरोप


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १५, २०७८
  • 681
    SHARES

काठमाडौँ ,१५ भदौ

कोरोना महामारीका वेला सबैभन्दा प्रभावित बनेको काठमाडौंको मनोरञ्जन तथा रात्रिकालीन व्यवसाय चलाउने वा बन्द गरिराख्ने सरकारले अझै सोच्न नसक्दा व्यवसायीहरु मारमा परेका छन् । सरकारले खोल्ने अनुमति नदिएपछि सबै होटेल, दोहोरीसाँझ र मनोरञ्जन क्षेत्र बन्द छन् ।

लामो समय बन्द रहेको क्षेत्रलाई सरकारले अझै पनि खोल्ने अनुमति नदिएपछि मंगलबार दोहोरी साँझ तथा काठमाडौंमा रात्रिकालीन व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर पत्र बुझाएका छन् । सरकारले अन्य व्यवसाय र क्षेत्रलाई चलायमान बनाइरहेको छ । सबैजसो पेसा, व्यवसाय र कार्यालय सञ्चालन भइरहेका छन् । तर, रात्रिकालीन व्यवसायी र तीनमा काम गर्ने व्यवसायीको मर्का नबुझेको रात्रिकालीन व्यवसायीहरूको गनासो रहेको छ । दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन समितिले पनि होटेल तथा रात्रिकालीन व्यवसाय खोल्न अनुमति दिन पटकपटक अनुरोध गर्दा पनि जिल्ला प्रशासन कार्यलयले नसुनेको व्यवसायीहरुको भनाई छ ।

होटेल व्यवसाय, दोहोरी साझँ, क्लब र काठमाडौंका रात्रिकालीन व्यवसाय राम्ररी नखोलेको डेढ वर्ष भयो । चर्को भाडा तिरेर खोलिएका यी व्यवसायहरू अहिले ऋणमा डुबेका छन् । कोरोना महामारीका वेला भाडासमेत तिर्न नसकेर व्यवसायीहरू छट्पटाइरहेका छन् । तर, यी क्षेत्र कहिलेदेखि सञ्चालन हुने पत्तो भने छैन । लकडाउनको निशाना बनिरहेका यी व्यवसायहरू भने नराम्ररी धरापमा परेका छन् । गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका व्यवसायीहरुलाई छिटो भन्दा छिटो केहि निष्कर्ष निकाल्ने प्रतिवद्धता जिल्ला प्रशासन कार्यालयको रहेको छ ।

यी क्षेत्रमा कार्यरत कलाकार, मजदुरको रोजगारीसमेत गुमेको भन्दै सरकारले यसबारेमा नसोचेको उनीहरूको गुनासो छ । सबै क्षेत्रलाई सरकारले खुकुलो गर्दै लगे पनि मनोरञ्जन क्षेत्रलाई बेवास्ता गरेको भन्दै उनीहरूले पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)