सोमवार, बैशाख २४, २०८१

चीनियाँ व्यापारिले अनुदानमा दिएको औषधि जन्य सामाग्री नेपाल ल्याउन तिब्बत सरकारले रोक्यो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 672
    SHARES

चीनको एक व्यापारिक कम्पनीले ‘अनुदान’मा दिएका करिब दुई हजार थान कोरोना टेस्टिङ (परीक्षण) किटसहितका सहायता सामग्री निर्यात योग्य नरहेको भन्दै तिब्बत सरकारले नेपाल पठाउन रोकेको छ ।

बेइजिङबाट पठाइएको चार दिनपछि शनिबार ल्हासा पुगेका सामग्री चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको भन्दै तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको जानकारी प्राप्त भएको ल्हास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

केही दिनअघि कोरोना संक्रमणविरुद्ध नेपाललाई एउटा निजी चिनियाँ कम्पनीले टेस्टिङ किटहरु सहयोग गरेको थियो । बेइजिङस्थित नेपाली दूतावासमार्फत् हस्तान्तरण गरिएका ती सामग्री ल्हासा पुग्नै चार दिन लागेको थियो।

चिनियाँ स्वास्थ्य विभागले ती सामग्रीको गुणस्तर मापन गर्दा निर्यात योग्य नदेखिएको भन्दै नेपाल पठाउनबाट रोकेको हो ।

ती सामग्रीको गुणस्तरमा चीन सरकार विश्वस्त हुन नसकेपछि रोकिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }