बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेका भ्रातृ संगठनले  जुलुस निकालेर नभएको विषयमा राजनीतिकरण गर्न खोजे : मन्त्री शाही


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १७, २०७८
  • 719
    SHARES

सुर्खेत, १७ भदौ 
बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको आरोप सत्य नभइ झुट भएको बताएका छन् ।

बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै मन्त्री शाहीले फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको बताए ।

बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा कोठामा छिरेको देखिने व्यक्ति म नै हो । तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै सत्यता छैन ।’

‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ ?’मन्त्री शाहीले आक्रोश पोखे, ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनिसक्दा पनि फण्डा मच्चाउने काम राम्रो होइन । भिडियो पूर्ण रुपमा एडिट गरेर सार्वजनिक गरिएको छ उनले भने ।’

उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आफूलाई जानकारी भएको दावी गरे ।

एमालेका भ्रातृ संगठनले  जुलुस निकालेर नभएको विषयमा राजनीतिकरण गर्न खोजेको उनको आक्रोश छ ।  उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भूमिका समेत रहेको पनि आरोप लगाए । ‘यो सबै यामलाल कँडेलको डिजाईन हो । अपराध हेर्ने त अदालत ले होला नि । अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’उनले भने । उनले अगाडि भने, ‘बलात्कार गरेको भनिएको भिडियो ल्याबमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दोषी–निर्दोषी भनेर भनौँ । फेक भिडियो एउटा एप्सबाट बनाइएको छ । ल्याबबाट पुरुफ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।’

मन्त्री शाहीलाई मन्त्री मदबाट राजिनामा दे भन्दै यसअघि राजनितिक दल,विभिन्न संघसस्थाले राजिनामा माग गर्दै आन्दोलन र विज्ञप्ति बुझाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)