सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना प्रभावित पर्यटन क्षेत्रलाई थप हर्जना नलगाऊ :केन्द्रिय बैंक


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 676
    SHARES

काठमाडौँ, २४ भदौ 
नेपाल राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना वा पेनाल्टी ब्याज नलगाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक निर्देशिका जारी गर्दै कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको असरको मूल्याङ्कन गरिएको जनाएको छ ।

सोही मूल्याङ्कन अनुसार २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्षसम्म कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन भनिएको छ । त्यस्तो व्याजलाई पूँजीकरण गर्न नपाइने र थप हर्जनासमेत नलाग्ने व्यवस्था गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार ट्रष्ट रिसिष्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनको अवधिका लागि मात्र प्रवाह गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)