शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ नेकपा एस संसदीय दलको नेतामा महतो


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २९, २०७८
  • 660
    SHARES
जनकपुरधाम, २९ भदौं 

नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ ।

सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ ।

संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताउनुभयो । प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । उहाँ नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)