बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत काठमाडौंद्वारा ललितपुर ७ विकेटले पराजित


  • माउन्टेन खबर
  • शनिबार, अशोज ९, २०७८
  • 734
    SHARES

९ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स-११ ले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो। ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले । रायनले अविजित रहदै ७३ रन जोडे भने गुर्बाजले ५९ रनको योगदानी दिए ।

यस्तै राजु रिजाल १९ रनमा अविजित रहे । ललितपुरका पवन सर्राफले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय पारी खेले । उनको ब्याटबाट ४४ बलमा ५ चौका र ४ छक्का प्रहार भयो । यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए । जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक आफ्नो पोल्टामा पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)