बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिग

ब्रेन्टफोर्डसँग लिभरपुलको बराबरी


  • माउन्टेन खबर
  • आइतवार, अशोज १०, २०७८
  • 631
    SHARES

काठमाडौं ,१० असोज

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले ब्रेन्टफोर्डसँग बराबरीमा खेलेको छ ।शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो ।

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ५४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा भिटाली जनेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई २-२ को बराबरीमा ल्याए । खेलको ६७ औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए ।

यता, खेलको ८२ औं मिनेटमा योएनी विसाले गोल गर्दै ब्रेटफोर्डलाई ३-३ गोलको बराबरीमा फर्काए । बराबरीसँगै लिभरपुलले ६ खेलमा १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै ब्रेन्टफोर्ड ९ अंकसहित नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)