बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

किरणको कप्तानीमा नेपालले साफ च्याम्पियनसिप खेल्ने


  • माउन्टेन खबर
  • आइतवार, अशोज १०, २०७८
  • 713
    SHARES

काठमाडौं ,१० असोज

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिप खेल्ने लागि नेपाली टोली घोषणा गरेको छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले घोषणा गरेको टोलीको कप्तानी किरण लिम्बुले गर्नेछन् । हाल नेपाली टोली कतारको दोहामा प्रशिक्षणमा रहेको छ।

दोहामा बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये विकास कुथु र राजन गुरुङले भने टिममा स्थान बनाएका छैनन् । अन्य खेलाडी भने साफ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

साफ च्याम्पियनसिप अक्टोबर १ (१५ असोज)बाट मालदिभ्समा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमै नेपाल आयोजक मालदिभ्ससँग भिड्दैछ ।

नेपाल टोलीः किरण लिम्बू, दीपक कार्की, विशाल श्रेष्ठ, दिनेश राजबंशी, सुरजज्यू ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)