बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्रिकेट कुटनीति अघि बढाउँदै शाहिद अफ्रिदी


  • माउन्टेन खबर
  • आइतवार, अशोज १०, २०७८
  • 347
    SHARES

काठमाडौं ,१० असोज

नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहिद अफ्रिदीले क्रिकेट कुटनीति मार्फत नेपाल र पाकिस्तान बीचको सम्बन्ध झनै मजबुत हुने बताउनुभएको छ ।

मैत्रिपूर्ण खेलको लागि नेपालमा रहनुभएका अफ्रिदीले न्युजपोलारसँग भन्नुभयो, ‘विश्वका अग्ला हिमालले मात्र होईन  नेपाल क्रिकेटसँग पनि पाकिस्तान जोडिन सक्छ ।’

नेपाली क्रिकेट खेलाडीहरु निकै सक्षम पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘नेपालको क्रिकेट विकासको लागि म पाकिस्तान खेलाउने वातावरण मिलाउँछु ।’

चार दिने नेपाल भ्रमणमा रहनुभएका अफ्रिदीले नेपाल साँच्चै सुन्दर देश रहेको र आफू परिवारसहित घुम्न आउने योजना पनि रहेको सुृनाउनुभयो ।

उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘यसपटक म एक्लै आएँ परिवारसहित आउँदा छिट्टै फर्कन पर्देन , काठमाडौंबाहिर घुमेर मजा लिन्छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)