बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै


  • माउन्टेन खबर
  • सोमवार, अशोज ११, २०७८
  • 444
    SHARES

काठमाण्डाै , ११ असोज

ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र काठमाण्डौ किङ्ग्स ११ खेल्ने छन् ।

काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकामा २ अङ्क जोडेको काठमाण्डौ शीर्ष स्थानमा छ भने अङ्कविहीन रहेको विराटनगर पाँचौं स्थानमा छ । यस्तै, दोस्रो खेलमा दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र चितवन टाइगरर्स खेल्ने छन् ।

दोस्रो जितको खोजीमा रहेको चितवन २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, भैरहवा एक अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । यसअघि हिजो भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हराएको थियो भने भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले अङक बाँडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)