शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 696
    SHARES

१३ असोज, काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ ।

साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनु भयो । उहाँले साईकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको प्रमाण लिएर छानवीनको काम सुरु गरिएको पनि स्पष्ट पार्नु भयो ।

प्रवक्ता रिसालले भन्नु भयो, ‘आज प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको विषयमा चाँही त्यहाँबाट साईकल खरिद सम्बन्धि विषयमा प्राप्त उजुरी सूचनाको आधारमा त्यहाँ साईकल खरिदको सम्बन्धमा अनियमितता भएको, गुणस्तरीय साईकल खरिद नभएकोलगायतका विषयमा चाँही उजुरीको सम्बन्धमा छानवीन गर्ने भनेर आयोगको निर्देशन अनुसार आयोगको कार्यालय बर्दिबासबाट छानवीनको लागि टोली गएको अवस्था थियो । र उहाँहरुले सोसँग सम्बन्धित कागजातसहितको प्रमाणहरु लिएर आउनु भएको छ । छानवीन प्रक्रिया अघि बढेको अवस्था छ ।’

आयोगले प्रदेश २ को सरकारले छोरीहरुलाई विद्यालय पढाउने कार्यलाई प्रेरित गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साईकल वितरण गरिन्छ । उक्त साईकल खरिद र वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको हो । सो उजुरी परेपछि स्थलगत निरीक्षण गरी आवश्यक कागजातसहितको प्रमाण लिएर अनुसन्धानको कामलाई पनि अघि बढाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)