बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्वान्टी-२० विश्वकप

विश्वकपमा नामिबियाको पहिलो ऐतिहासिक जित


  • एएफपी
  • बिहिबार, कार्तिक ४, २०७८
  • 638
    SHARES

काठमाडौं ,४ कात्तिक

डेभिड वाइजले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नामिबियाले आईसीसी टी-२० विश्वकपमा बुधबार ऐतिहासिक जित हात पारेको छ ।

पहिलो चरण अन्तर्गत समूह ए को खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्‍यो । टी-२० विश्वकपमा नामिबियाको यो पहिलो जित हो ।

नामिबियाले ६ बल बाँकी छँदै १ सय ६५ रनको लक्ष्य पूरा गरेको थियो । यससँगै टोलीको सुपर १२ को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

सोमबार पहिलो खेलमा नामिबिया सन् २०१४ को विजेता श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । त्यसमा पूरा टिम ९६ रनमै अलआउट भएको थियो ।

यो हारपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिने तयजस्तै भएको छ । आयरल्यान्डविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्स ७ विकेटले पराजित भएको थियो । शुक्रबार हुने खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरे पनि त्यो टिमका लागि पर्याप्त हुने छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)