बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावमा मतदान हुँदै


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 312
    SHARES

काठमाडौं,१५ कात्तिक 

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि आज प्रदेश सभामा मत विभाजन हुँदै छ।

यसका लागि आज मध्याह्न १२ः३० बजे प्रदेश सभाको बैठक बोलाइएको छ। बैठकमा मत विभाजनका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

नेकपा (एमाले) विभाजनसँगै प्रदेश १ मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्। उनले आज विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ।

आइतबार बसेको विपक्षी दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले नयाँ मुख्यमन्त्री बनाउने तयारी रहेका छन्।

विपक्षी गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ। आइतबार बसेको बैठकले निर्णय पनि गरिसकेको छ।

प्रदेश १ मा विपक्षी गठबन्धनको बहुमत रहेको छ। ९२ सांसद रहेको प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ।

एमालेका ४१ सांसद मात्रै छन्। विपक्षी गठबन्धनमा कांग्रेसका २१ जना, माओवादीका १५ जना, एकीकृत समाजवादीका १० जना, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)