बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १९, २०७८
  • 207
    SHARES

काठमाडौं, १९ कात्तिक

साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा सुपर बाह्रको समूह एकमा रहेको श्रीलंकासँग २० रनले पराजित हुँदै वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको हो ।

सेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ६८ रन र ओपनर पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । जीतका लागि १९० रन पछ्याउँदै ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमा समेटिएपछि श्रीलंकाले यो सान्तवना जीत निकाल्न सफल भएको हो ।

हिजै सम्पन्न अर्को खेलमा भने अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटको सानदार जीत निकाल्दै सेमिफाइनमा पुग्ने सम्भावनालाई जिवित राखेको छ ।

समूह एकमा रहेका श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश भने अब समूह चरणबाट बाहिरिसकेका छन् । आजको पहिलो खेल न्युजिल्याण्ड र नामिबियाबीच दिउँसो ३.४५ बजे खेलिंदैछ भने दोस्रो खेल भारत र स्कटल्याण्डबीच साँझ ७.४५ बजे हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)