बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुगुका आगलागी पिडितलाई राहतको व्यवस्था गर्छौँ : मुख्यमन्त्री शाही


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 366
    SHARES

३० कात्तिक, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो “मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौको धनमाल नष्ट भएको छ ।”

आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयवासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको र स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेकाले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)