१४ मङ्सिर, कर्णाली । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ। मङ्गलबार मुख्यमन्त्री जिवन बहादुर शाहीले बिश्वासको मत लिने प्रयोजनमा बोलाइएको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो।
आजको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बधि प्रस्ताव पेश गर्नुभएको छ। शाहीले विश्वासको मत मागेलगत्तै बैठक भोलि दिउँसो १ बजे बस्ने गरि स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो।
