बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १६, २०७८
  • 446
    SHARES

१६ मङ्सिर, कर्णाली । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बैठक अन्त्य भएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीका लागि विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक २ दिन बसेर अन्त्य भएको हो।

कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेबाट बैठक अन्त्य भएको घोषणा गर्नुभएको छ।

प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन बोलाइएको उक्त प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने उपस्थित भएको थिएन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)