शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २०, २०७८
  • 609
    SHARES

२० मङ्सिर, काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनु भएको हो । उहाँले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पार्नु भयो । संयोजक रिजालले भन्नु भयो, ‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ, यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिरको कुरा हो ।’

प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १÷१ वटाको अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)