शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २७, २०७८
  • 612
    SHARES

२७ मङ्सिर, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको संकटा पुलिसलाई हराएर संकटा शीर्ष तीनमा उक्लन चाहन्छ । ५ अंक जोडेर सातौं स्थानमा रहेको पुलिस पनि संकटालाई हराएर शीर्ष तीनमा उक्लन चाहन्छ ।

यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गर्दैछन् । सो खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

पहिलो अंकको खोजीमा रहेको जावलाखेलले अघिल्ला तीन खेलमा लगातार हार ब्यहोरेको छ । जावलाखेल अंक विहीन रहदै पुछारमा रहेको छ । यता, ब्रिगेड भने दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)