शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा श्रीलङ्का पराजित


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २९, २०७८
  • 314
    SHARES

काठमाडौँ, २९ मङ्सिर 
साफ यू–१९ (उन्नाइस वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरे ।

यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का रहेका छन् । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भुटानको सामना गर्नेछ । खेल आगामी पुस २ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)