शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्णय पुनर्विचार गर्न क्यानसँग खेलाडिको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २, २०७८
  • 706
    SHARES

काठमाडौं, २ पुस।  नेपाल क्रिकेट संघ (क्यान) को बारबाहीमा परेका चार खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन । चार खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण आउन सक्ने बताएकाछन् ।

पूर्व कप्तान मल्लले आफुहरु संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न पटक पटक आग्रह गरेका हुन् । यस्तै मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको बताउँदै बर्गिकरणको विषयलाई उठाउँदै यति कारबाही नहुनु पर्ने बताए । आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन् ।

क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस भन्दै क्यानसँग अपिल गरेका हुन । आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन् ।

क्यानको कारबाहीमा परेका खेलाडीले पछिल्लो समय खेलाडीको बर्गिकरणको विषयलाई लिएर असन्तुष्टि जनाउँदै अभिव्यत्ति दिएका थिए । सोही विषयलाई लिएर क्यानले स्पष्टि करण पनि मागेको थियो । तर स्पष्टिकरण चिक्तबुझ्दो नभएको र खेलाडी अनुशासन भन्दा बाहिर गएको भन्दै कप्तान, उपकप्तान सहितका चार खेलाडीलाई कारबारी गरेको थियो । कप्तान र उपकप्तानको जिम्मेवारी खोस्दै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवार दिइएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)