शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलकूद विकासमा सरकारले सक्दो सहयोग गर्छ : प्रधानमन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ६, २०७८
  • 407
    SHARES

६ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उहाँले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गर्नुभयो । गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।

युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा विभागीयमन्त्री महेश्वरजङग गहतराजले फुटबल खेलले उत्कृष्टता प्राप्त गर्नसक्ने हुँदा यस खेलको विकास र विस्तारमा सरकारले ध्यान दिनुुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)