शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप टी–२०क्रिकेट प्रतियोगिता आजदेखि


  • माउन्टेन खबर
  • सोमवार, पुस २६, २०७८
  • 458
    SHARES

काठमाडौं ,२६ पुस। प्रधानमन्त्री कप टी–२०क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् ।

टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ ।

 मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ । मुलपानीमै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ । प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । त्यसैगरी समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)