शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ को नाम र राजधानीका लागि पुनः मतदान हुने


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २७, २०७८
  • 638
    SHARES

२७ पुस, धनुषा । प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ ।

बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरुबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो ।

प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेशसभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानीसम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो । सो समितिले विभिन्न चरणमा गरेको छलफल तथा राजनीतिक नेतासँग गरेको बैठकमा सहमति जुटाउन नसकेपछि पुनः मतदानद्वारा नै ती प्रस्ताव टुङ्गो लगाउने दलहरुबीच सहमति भएको छ ।

‘‘सत्तारुढ गठबन्धनसँग प्रदेश २ सभामा रहेको त्यो सङ्ख्या प्रस्ताव पारित गर्न दुई तिहाई पुग्छ”, प्राध्यापक यादवले भन्नुभयो,‘‘तर गठबन्धन दलहरुभित्रै प्रदेशको नामका विषयमा फरक–फरक धारणा र प्रस्ताव छन् ।” कुनै प्रस्वातमा ठोस् सहमति नभए पुनःअघिल्लो मतदानकै जस्तै परिणाम आउने उहाँको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)