बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माघी पर्वले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पु¥याएको छः मुख्यमन्त्री शाही


  • माउन्टेन खबर
  • शनिबार, माघ १, २०७८
  • 684
    SHARES

कर्णाली, १ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले माघी पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।

थारु समुदायको नयाँ वर्ष ‘माघी’ तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यो पर्वले सबै धार्मिक समुदायका नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सन्देशमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन सबैमा आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सन्देशमा भन्नुभएको छ, “मधेसमा थारु र मैथली समुदाय, किराँतले किराँत संवत्का रुपमा निकै सद्भावका साथ यो पर्व मनाउँछन् । आजकै दिन नेवार समुदायमा ‘घ्युचाकु, सैल्हुँ’ नामले यो पर्वलाई मनाइन्छ । मगरले मकर सङ्क्रान्तिका रुपमा मनाउने माघे सङ्क्रान्ति पर्वले सबै धार्मिक समुदायका नेपाली माझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।”

कर्णाली प्रदेश सरकारले विगत दुई वर्षदेखि माघे सङ्क्रान्तिका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)