सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्य


  • माउन्टेन खबर
  • सोमवार, माघ ३, २०७८
  • 990
    SHARES

रसुवा, ३ माघ ।

नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउने कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य (सांसद) मोहन आचार्यले बताउनुभएको छ । सोमबार नेपाल प्रेस युनियन रसुवाले सदरमुकाम धुन्चेमा आयोजना गरेको नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सभापती, उपसभापती, सचिब, सहसचिब र जिल्लाको प्रदेश सभा क्षेत्र क र ख का सभापतिलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस जनताको पार्टी रहेको र जनताको पार्टी बनाउने बताउनुभएको हो ।

नेपाली कांग्रेस कार्यकर्ता प्रति मात्र नभई जनताप्रति पनि उत्तरदायी रहेको उहाँले बताउनुभयो । ‘रसुवामा नेपाली कांग्रेस एकजुट भएर अघि बढेको छ, गएको १४ औं महाधिबेशनमा जिल्लाको सर्वसम्मत नेतृत्व चयनले पनि रसुवामा नेपाली कांग्रेस एउटै रहेको देखाएको छ, यो जनताको पार्टी हो, हामी जनताको पार्टी बनाउछौँ, जनताको काम गछौँ, उहाँले भन्नुभयो, ।

त्यसैगरि प्रेस युनियनले गरेको सम्मान प्रति धन्यबाद दिदै आचार्यले पे्रस स्वतन्त्रताका लागि नेपाली कांग्रेस सदैब लागिरहेको र प्रेस स्वतन्त्रताका विधेयक पारित गर्न नेपाली कांग्रेस लागिपर्ने बताउनुभयो ।

जिल्लाको स्वास्थ्य, शिक्षा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको समेत उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)