शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश प्रदेशप्रति असहमति राख्दै जनकपुरमा पुत्ला जलाइयो


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ४, २०७८
  • 770
    SHARES

४ माघ, काठमाडौं । मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन ।

२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनु भयो । उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटिएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिनु भयो ।

त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।

यता, प्रदेश सरकारले प्रदेशको नामाकरण मधेस प्रदेश र राजधानी जनकपुर भएको खुसीयालीमा मंगलबार (आज) सार्वजनिक विदा दिएको छ । त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा भोली (बुधबार) पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । सोमबार (हिजो) प्रदेशसभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा आज सार्वजनिक विदा दिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)