शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेशमा राष्ट्रियसभा निर्वाचनका लागि एमाले र लोसपाले गठबन्धन गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ७, २०७८
  • 488
    SHARES

७ माघ, धनुषा । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ ।

बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो । यी दुई दलबिच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ । कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताउनु भयो । उहाँले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउँदै सरकारमा मधेशी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताउनु भयो ।

सचिव महासेठले भन्नुभयो, ‘लोसपासँग मिलेर सरकारले काम गर्दा मधेश प्रदेशमा धेरै राम्रा विकासका कामहरु गरेको थियो । हामीले सरकारमा रहँदा मधेशको जनताका एजेण्डा साथमा लिएर अघि बढेका थियौँ ।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेकपा एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरुको, आदिवासी, दलित, जनजाती, मधेशी, महिला, मुस्लिम, थारुहरुको भनाइ सरकारमा लैजाने बताउनु भयो । उहाँले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने पनि बताउनु भयो ।

नेता सोनलले भन्नुभयो, ‘सरकार सञ्चालन गर्दा सबैको एउटा धारणाअनुसार सरकार सञ्चालन गरिनुपर्छ । लोसपाले जसरी मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरुको, आदिवासी, दलित, जनजाती, मधेशी, महिला, मुस्लिम, थारुहरुको भावनाको जसरी सम्मान गरेका थियौँ । यहाँदेखि हामीले केन्द्रसम्म कुरा उठाइरहेका छौँ । त्यसको लागि हमी सहपाठी खोजिरहेका छौँ ।’

नेता सोनालले मधेसको जनताको अधिकारको लागि आफ्नो पार्टी गम्भीर रहेको बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)