१० माघ, काठमाडौं । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ ।
लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः बन्द गरिएको हो ।
चिडियाखानाकी प्रमुख रचना शाहका अनुसार जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको हो। उहाँका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।
