शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरको मतदानस्थलमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 761
    SHARES

१२ माघ, काठमाडौं । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले प्रदर्शन गरेका हुन्।

सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ। धनुषा प्रहरीले
प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि दुई राउण्ड अश्रु ग्याँस प्रहार गरेको हो।

प्रदर्शनकारीहरु मतदान स्थलबाट तितरबितर भएपनि उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)