सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा निर्वाचन :वाग्मती प्रदेशमा पनि गठबन्धनकै जित


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 435
    SHARES

हेटौडा , १२ माघ। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फका नेकपा (एकीकृत समाजवादी) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत पाएकी थिइन् ।

पौडेलले स्थानीय तहतर्फ ११७ मत पाएका थिए थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे ।

पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत र प्रदेशतर्फ ४७ मत प्राप्त गरिन् । एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत प्राप्त गरे भने प्रदेशतर्फ ४७ मत पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)