आइतवार, साउन २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आहा ! रारा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङदी र एपिएफ क्लब भिड्ने


  • माउन्टेन खबर
  • बिहिबार, माघ १३, २०७८
  • 600
    SHARES

पोखरा , १३ माघ । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। अब मनाङले उपाधिका लागि विभागीय टोली एपिएफसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

बिहीबार भएको अन्तिम सेमिफाइनलमा मनाङले विभागीय त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गरेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि निर्णयका लागि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि ट्राइबेक्ररमार्फत निर्णय लिइएको थियो।
ट्राइबेकरमा आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरेका थिए। युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले विफल पारिदिएका थिए भने दीपक गुरुङको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

मनाङका लागि फ्रान्किलन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले ओलाडिपो आफिजले गोल गरेका थिए । दोस्रो प्रहार गरेका विश्व अधिकारीको प्रहार भने विपक्षी किपर विकेश कुथुले विफल पारिदिएका थिए ।

मनाङ योसँगै प्रतियोगितामा ११ पटक फाइनल प्रवेश गरेको छ  । उनले ६ पटक उपाधि हात पारिसकेको छ । आर्मी यसअघि चार पटक फाइनलमा पुगेपनि उपाधि हात पार्न सकेको छैन । ०७२ मा सम्पन्न प्रतियोगिताको १४औँ संस्करणको फाइनलमा १–० गोलले र १८औँ संस्करणको सेमिफाइनलमा ३–२ गोलले मनाङसँग आर्मी पराजित भएको थियो।

प्रतियोगितामा यसअघि दुवै टोली बाई पाएर सीधै क्वाटरफाइनल प्रवेश गरेका थिए । आर्मीले क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोलले र नेपाल पुलिस क्लबलाई २–० गोलले पाखा लगाउँदै मनाङले अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)