शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेशका चार जिल्लामा घरघर पुगेर कोरोनाविरुद्धको खोप लगाइने


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २१, २०७८
  • 615
    SHARES

२१ माघ, जनकपुर । मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो ।

आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका करिब ३२ हजारलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने कार्यक्रमको मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर यादवले उद्घाटन गर्नुभयो ।

नेपाल सरकारले आगामी चैतसम्ममा शत्प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएअनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, शारीरिक रुपमा अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै पुगेर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयहरु, स्थानीय तहहरु र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा चार जिल्लाका आठ हजारका दरले ३२ हजार जनालाई खोप लगाइसक्ने संस्थाले लक्ष्य लिएको छ । यस खोप अभियानका क्रममा कोरोनाबारे जनचेतनामूलक सन्देश प्रवाह गर्नाका साथै कोरोनाविरुद्धको खोप लगाउन छुटेका अन्य नागरिकहरुलाई खोप लगाउन प्रेरित गर्ने आड्रा नेपालका निर्देशक डा घनश्याम भट्टले बताउनुभयो ।

यस संस्थाको समन्वयमा चार जिल्लालाई चारवटा मोबाइल गाडीको व्यवस्था गरी घुम्ती खोप सेवा सञ्चालन गरिएको छ । हरेक एक जिल्लामा एक गाडीको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)