शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशको बैठक स्थगित


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १६, २०७८
  • 368
    SHARES

१६ चैत, काठमाडौं । मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक सङ्ख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

बैठकको सुरुमै प्रतिपक्षी दलका प्रदेशसभाका सदस्यले बैठकका लागि आवश्यक गणपूरक सङ्ख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरेका थिए । बैठकको सुरुमै बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा सचेतक परमेश्वर साहले बैठकका लागि चाहिने आवश्यक गणपूरक सङ्ख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्नुपर्ने बताउनुभयो ।

आजको प्रदेशसभा बैठकमा प्रदेशप्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र वाचन गर्ने, प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची थियो ।

यस्तै आजको बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)