मङ्लबार, जेष्ठ १, २०८१

मृदुलाको कोरोना कहर


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 1.3K
    SHARES
कोरोना,
कोरोना, को हौ तिमी ?
कस़ले बनायो तिमी आउने बाटो,
नामाकरण कसरी भयो,
र एकाएक तिमी कसरी यति प्रख्यात भयौ ?
लाग्छ कुनै विश्व बिख्यात महापुरुष हौ तिमी ।
सुन्दैछु तिमी चमेराको उपज हौ
अनि कतै सुन्छु तिमी जनावर बाट आयौ
के तिम्रो आगमन
मान्छेको आहार मासुबाट भएको हो ?
यदि हो भने,
त्यो त परापूर्व देखिको चलन गलत
थियो त ?
मान्छे मान्छेमा समाहित अहमपन्
परजिवी र परभक्षिपनको
परीक्षा लिन आएका हौ त ?
के मान्छेमा पृथ्वीको परवाह
नभएको हो ?
बन जन्तु, वातावरणीय बिनाश
मानवीय अचेतना र अशिक्षाको कारण
तिम्रो जन्म भएको हो ?
तर जसरी जन्मियौ तिमी, भिमकाय हौ
मँगल ग्रहमा पानी पत्ता लगाउने बिज्ञानले
तिमीलाई छुन नसक्नु तिम्रो प्रतिभा होला
मान्छे मान्छेमा बिध्यमान
ठूला- साना, गरीव- धनी, जात- पात
विभेद र छुवाछुत
पटक्कै नहुनु तिम्रो विषेशता हो
निरीह र गरीव मात्र मर्नेु पर्ने नियम
तिमीमा नहुनु तिम्रो गुण पनि होला सायद ।
हिजो सम्म
निरर्थक युद्द् मैदानमा होमिएर
मर्नुपर्ने गरीवका नियती,
बँधुवा मज़दूर झैं
खाडीमा बेचिएर चिथोरिंदा
नसुनिने चित्कार र विवश चेलीहरू
स्कूल, ऊखुवारी सन्नाटामा वा होटलमा
बलत्कार गरेर सडकमा फालिएका
साना नानीहरूको वेवारिस लाश
प्रतिप्रश्न, प्रताडन
प्रशाशनको अवहेलनामा खप्न नसकेर
आत्महत्या गर्नेको कथा
नसुन्ने बहिरो सरकार
हामी विवस भएर टुलुटुलु हेरिरह्यौ,
कथित ठूला तहकाहरू मुस्कुराई रहे ।
मान्छे मान्छे द्वारा रचित ती ठूलो खाल्डो
आज पूरिदिएका छौ तिमीले
कथित ठूला र सानालाई
धनी र गरीवलाई एउटै घानमा राखेर
बराबर पिसिरहेको छौ
आजकल मान्छेले मान्छे मात्र
चिन्नलागेको भान भएको छ।
सायद सबै जुटेका छन्
एकले अर्कोलाई जोगाउन
लाईन बद्द लाशहरूमा पहिचान
खोजिएको छैन ।
भ्रष्टाचार र कालोधनको लालच छैन
घरको सानो अध्यारो कोठामा
तिमी सँग लुकेर बसेका छन् डनहरू
आफ्नै आफन्त र नातागोतासँग
डराएका छन्
चिडिया घरको जनावर जस्तै
चार दिवारमा क़ैद भएका छन्
थरि थरिका मान्छेहरू
तिम्रो असामयिक उपस्थितीले
आफ्ना आफन्त गुमाएको पीडामा रून
सकेका छैनन् ।
मलामी जान सम्म सक्दैनन् उनीहरू
अपवादमा
तिम्रो आगमनमा
खुशीपनि भएका छन होला
ठूला वातावरणविदहरू,
पृथ्वीको तापक्रम गिरेको छ
पृथ्वीको ओज़ोन लेयर घटेको छ
पातलिदो जनघनत्वले
स्वच्छ हावा बग्न थालेको छ
पशुपँक्षी स्वतंत्र भएका छन ।
वाल स्ट्रीटका एजन्टहरूले
सस्तोमा स्टक किनेर राखेका छन्
अन्तराष्ट्रीय व्यापार अव आकास चुलिन्छ होला ।
तर कोरोना
यो सँसारको रीत
तिमीले पनि मान्नु पर्छ
आए पछि जानु पर्छ
सक्छौ भने खुसुक्क भनन
तिम्रो आयू कति छ ?
मृदुला आचार्य ओमाहा, नेव्रास्का अमेरिका

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }