शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अलपत्र पर्यटकको उघ्दार


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 998
    SHARES

लकडाउनपछि नेपालका विभिन्न ठाउँमा रोकिएका यूरोपका ९१५ जना आआफ्ना देश फर्किएका छन् ।

शुक्रवार र शनिवार गरी उक्त संख्याका पर्यटकले नेपाल छाडेका हुन् ।
स्वदेश फर्किने पर्यटकको संख्या शुक्रवार ३०७ र शनिवार ६०८ थियो । जर्मन र फ्रेन्च दूतावासले विमान चार्टर्ड गरी उनीहरूको उद्धार गरी स्वदेश लगेका हुन् ।

शनिवार बिहान पौने १२ बजे र पौने १ बजे कतार एयरवेजका दुईओटा विमान यूरोपका ६०८ जना पर्यटक लिएर उडान उडेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ । स्वदेश फर्किनेमा स्वीडेन, फ्रान्स र जर्मनीका नागरिक रहेका छन् ।

अधिकांश यूरोपेली नागरिक केही समयअघि पदयात्राका लागि नेपाल आएका थिए । सो क्रममा लकडाउन हुँदा कतिपय पर्यटक पदयात्राकै क्रममा अलपत्र परेका थिए भने केही विभिन्न होटलमा बसेका थिए ।

बिहीवार लुक्लाबाट उद्धार गरी ल्याइएका, पोखरामा रोकिएका र काठमाडौंका विभिन्न स्थानमा रहेका ३०७ यूरोपेली नागरिक कतार एयरवेजको विमानबाट शुक्रवार स्वदेश फर्किएका थिए । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार फ्रेन्च र जर्मन दूतावासको सक्रियतामा यूरोपेली नागरिक स्वदेश फर्किएका हुन् ।

यसैगरी लकडाउनपछि अलपत्र ७५ जना पर्यटकलाई शनिवार उद्धार गरी काठमाडौं ल्याइएको छ । यती एयरलाइन्स र तारा एयरले पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना पर्यटकलाई शनिवार काठमाडौं ल्याएका हुन् ।

यसरी ल्याइएकामा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी ६१ जना जर्मन तथा यूरोपेली नागरिक छन् । यस्तै लुक्लाबाटै १४ जना अस्ट्रेलियन पर्यटक रहेको बताइएको छ ।

पर्यटक उद्धारका लागि यती एयरलाइन्सको ७२ सीट क्षमताको एटीआरबाट पोखरा र तारा एयरको १८ सीट क्षमताको ट्वीनअटर विमान लुक्ला पठाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }